पोखराको सिमलचौरमा रहेको जनप्रिय क्याम्पस तोडफोड-५ विद्यार्थी पक्राउ

पोखराको सिमलचौरमा रहेको जनप्रिय क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
यहि साउन ८ गतेबाट सुरु हुने स्नातक तह दोश्रो बर्षको परीक्षाका लागि प्रवेशपत्र नपाएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
प्रहरीले तोडफोडमा संलग्न ५ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा २० बर्षीय कमल थापा, १९ बर्षीय लक्ष्मण पुरी, २२ बर्षीय तुल नाम्जाली थापा मगर, २० बर्षीय मोहन आचार्य र २० बर्षीय किरण थापा मगर रहेका छन् । क्याम्पसको मासिक शुल्क नतिरेका कारण ती विद्यार्थीहरुलाई प्रवेश पत्र नदिईएको क्याम्पस प्रशासनले जनाएको छ ।