बुटवल नगरपालिकामा अख्तियारको छापा

– कपिल ज्ञवाली ,बुटवल नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुटवलमा भएका शडक निर्माण तथा अन्य आयोजना संचालनमा ब्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारले नगरपालिकाका महत्वपूर्ण कागजातहरु (डकुमेन्टहरु)नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका लागि आबश्यक कागजातहरु र बिलहरुको फोटोकपि गरेर समेत अख्तियारले राखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको २ जनाको टोलीले कागजपत्र अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलका उपसचिब निराजन घिमिरेले बताउनुभयो ।
हिजो सोमबार र आज मंगलबार गरि २ दिन लगाएर कागजपत्रहरु अनुसन्धानका लागि तानिएको अख्तियारले जनाएको छ । बुटवल नगरपालिका प्रारम्भिक अनुसन्धानमा तानिएपछि नगरपालिका कर्मचारीहरु पनि तानिने डरले आतालिएका छन् ।नगरपालिकाले भने यस्लाइ अख्तियारको नियमित अनुगमन भनेको छ ।