अर्घाखाँचीको जोखिमपूर्ण कारागार भवनमा २६ कैदी

(पहिलो प्रकासित मिती: २०७१ श्रावण ८, विहीवार)



– वीरेन्द्र केसी



२६ वर्षछि जिल्ला कारागार सञ्चालनमा आएको छ । भवन जीर्ण भएपनि ११ जना पुरुष कैदी राखेर सुचारु गरिएको हो । २०४५ सालमा निर्माण गरिएको कारागार सञ्चालन नहुदा जीर्ण भएको भवनलाई सामान्य मर्मत गरेर कैदी राख्न थालिएको हो । 

 



 

जिल्लामा भएका कैदी र पुरपक्षमा रहेकालाई अदालतमा हाजिर गराउन सजिलोको लागि जोखिमपूर्ण भवन सञ्चालन गरिएको छ ।



यस अघि छिमेकी जिल्लामा लैजाने गरिन्थ्यो । ९ कोठे भवन छ सबैजसो कोठा जीर्ण छन, कारागार प्रमुख यज्ञश्वर पंथीले भने, छतबाट पानी चुहिन्छ वर्षाको बेला ठुलो झरी लाग्दा भत्किन्छ की भन्ने त्रास छ । भुइतलाका दुई वटा कोठामा कैदीलाई विशेष निगरानी गरेर राखिएको उनले बताए । भवनका सबै कोठामा भित्तामा ठुसी लागेको छ । निर्माण सम्पन्न भएको २६ वर्षम्म सञ्चालन नहुन र संरक्षण अभावमा भवन जीर्ण छ । 

 



 

जीर्ण भै भत्किन आटेको कारागार भवन मर्मत सुधारको लागि २०७१ मा ४ लाख रुपैया आएको थियो । भवनमा चर्केको ठाउ सामान्य टालटुल गरेर सञ्चालनमा ल्याईएको उनले बताए । कैदी राख्न थालेपछि कपिलवस्तु, पाल्पा, गुल्मी अब धाउनु पर्दैन, पंथीले भने, आर्थिक बोझ हट्यो पुरपक्षमा रहेकालाई अदातलमा हाजिर गराउन ल्याउने र लैजाने झन्झट पनि हटयो ।



चार लाख रुपैयाले एउटा चेक पोष्ट, गेट मर्मत भेटघाट कक्ष निमर्ँण गर्न पुगेको कार्यालयले जनाएको छ । कारागार तत्काल काम चलाउको रुपमा सञ्चालन भएको छ ।

 

 

 

असुरक्षाले पारेको समस्याबाट पनि मुक्त भएको छ ।  सामान्य मर्मत सुधार गरेर दर्ुइ कोठामा ११ जना पुरुष कैदी राखिएको छ, उनले भने, भवनका हिसाबले कैदी राख्न उपयुक्त त छैन तर पनि शुरु गरियो पछि बजेट आउला र मर्मत गरौला भन्ने आशा छ । वर्षा सरदर १५ देखी ३० जनासम्म जिल्लामा कैदी हुन्छन् ।  प्रशासन, सुरक्षाकर्मी  देखी कैदी बस्ने कक्ष सम्म आकाशको पानी छतबाट बाहिर जादैन उनले बताए । उतिबेला भवन निर्माणको काम सम्पन्न नभईकनै ठेकेदार भागेकाले भवन अधुरो रहेको जानकारहरु बताउछन । १६ रोपनी क्षेत्रफलमा रहेको छ । भवन भित्र उम्रेको घास कैदी र अरु गाउँलेले काटेका छन । सुरक्षाका दृष्टिकोणले असुरक्षित छ, एक सुरक्षाकर्मीले भने, भवन जीर्ण छ, कैदी भाग्न सक्ने त्रास उस्तै छ पानी चुहिएर रात जाग्रम नै बस्छौ ।

 



 

कारागार जिल्ला प्रशासन देखी झण्डै एक किलोमिटर दक्षिणी क्षेत्रमा रहेको छ । २६ वर्षछि कारागार सञ्चालन भएको छ । यसलाई अझै व्यवस्थित बनाउदै लैजाने र मर्मत संभारको लागि मन्त्रालयमा बजेट माग गरिने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । भवन जीर्ण भएकाले कडा सुरक्षा दिईएको छ ।

अन्य समाचारहरु