अर्घाको धरम्पानीमा सचेतना कार्यक्रम तथा बृतचित्र प्रदर्शनी

 प्रेमनारायण आचार्य
अर्घाखाँची ७ साउन । जिल्ला प्रहरी कार्यलय अर्घाखाँची र करुणा नेपालको आयोजनामा लैंगिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम तथा बृतचित्र प्रदर्शनी अर्घाको धरम्पानीमा  सम्पन्न भएको छ । 
    कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसि, प्रहरी निरिक्षक गोबिन्द पन्थी, अधिबक्ता पबित्रा भटराइ, नेपाल महिला संघकी कार्यबाहाक अध्यक्ष राधा आचार्य,अन्तर पाटी महिला सञ्जालकि जिल्ला अध्यक्ष शान्ता भण्डारी,लगायतले लैंिगक हिंसा र रोकथाम तथा बर्तमान महिला हिंसा तथा लैंगिक हिंसाको बारेमा प्रशिक्षण दिनु भएको थियो । 
  कार्यक्रममा एमालेका जिल्ला उपसचिब  तथा समाजसेबी प्रेमनारायण गैरे, रेडक्रसका जिल्ला उपसभापति कुशल भुसाल, खुल्ला दिसा मुक्त अभियानका जिल्ला कार्यक्रम संयोजक बिभु भुसाल, आदर्श निमाबिका प्रधनाध्यापक खगिश्वर नेपाली लगायतको उपस्थिति रहेको थियो । 
  कार्यक्रम करुणा नेपालकी अध्यक्ष मना केसीको अधयक्षता, प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसीको प्रमुख आतीथ्यता र पत्रकार प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 
  कार्यक्रममा लैंगिक हिंसाको बिषयमा तयार पारिएको बृतचित्र पनि प्रस्तुत गरिएको थियो । 

अन्य समाचारहरु