प्रेमनारायण आचार्य
अर्घाखाँची ८ साउन । अर्घाखाँचीको धनचौर गाविसमा आज बिहान एक ब्यक्ति मृत अबस्थामा फेला परेका छन ।
धनचौर गाविसको वाड न. ९ निवासि अन्दाजी ४६ बर्षिय दानबहादुर बुढामगर आफ्नै घरको गोठमा आज बिहान ९ बजे मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक गोबिन्द पन्थीले बताउनु भयो ।
गाँउलेले गरेको सुचना र खबरको आधारमा मृतकको बारेमा बुझ्न जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।