प्रेमनारायण आचार्य
अर्घाखाँची ८ साउन । लैंंगिक हिंसा र समग्र जिल्लाको शान्ती सुरक्षामा उल्लेख्य योगदान पुराएको भन्दै महिलाको क्षेत्रमा काम गर्दै आएको सस्था करुणा नेपालले जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक गोबिन्द पन्थीलाइ सम्मान गरेको छ ।
सदरमुकाम सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरि जिल्लामा महिलाको क्षेत्रमा र समग्र शान्ती सुरक्षामा उल्लेख्य भुमिका खेलेको स्मरण गर्दै करुणा नेपाल सस्थाले सम्मानपत्रसाथ दोसल्ला ओढाएर सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यलय सन्धिखर्कमा कार्यरत पन्थीको सम्मान तथा बिदाइ कार्यक्रममा महिला तथा बालबालिका कार्यलयकि निमित्त प्रमुख बेलकुमारी परियार, अन्तर पाटी महिला सञ्जालकि जिल्ला अध्यक्ष शान्ता भण्डारी, नेपाल महिला संघकि जिल्ला अध्यक्ष राधा आचार्य, अनेमसंघकि जिल्ला इन्चार्ज इश्वरा पोख्रेल,एकल महिला संघकि जिल्ला अध्यक्ष खगिश्वरा बस्याल लगातले प्रहरी निरिक्षक पन्थीले जिल्लाको समग्र शान्ती सुरक्षामा पुराएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रम करुणा नेपालकि जिल्ला अध्यक्ष मन केसीको अध्यक्षता, रिता केसीको स्वागत मन्तब्य र पबित्रा भटराइको सञ्चालनमा सम्पन्न भएको हो ।