गरीबको अस्पताल भनेर चिनिएको वीर अस्पतालमा तीन दिनदेखि उपचारसेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । आकस्मिक कक्षमा समेत विरामीले उपचार पाउन सकेका छैनन् ।
आवासीय चिकित्सकहरुले बिभिन्न माग राख्दै उपचार सेवा ठप्प बनाएका हुन् । चिकित्सकहरुले फितलो व्यवस्थापनका कारण अस्पताल लथालिंग भएर सेवा खस्कँदै गएको भन्दै त्यसप्रति गम्भीर हुन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सरकारले चिकित्सकहरुको माग सम्बोधन गर्न गृहकार्य भैरहेकाले आन्दोलन फिर्ता लिई बिरामीको उपचार गर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालको सेवा सञ्चालन गर्नआन्दोलनरत चिकित्सकहरुसंग दिउँसो वार्ताको तयारी पनि भएको छ । एक हप्ताभित्र माग पूरा गर्ने गरी अस्पताललाई सही दिशामा ठोहराउन सक्षम नेतृत्व दिने गृहकार्य भैरहेकाले तत्काल आन्दोलन फिर्ता गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्री खगराज अधिकारीका प्रेस संयोजक सुदन ज्ञवालीले जानकारी दिनुभयो ।