अर्घाखाँचीका वैद्य माओवादीका नेता भोलानाथ बस्याल हत्याको आरोपमा पक्राउ

वीरेन्द्र केसी
अर्घाखाँची । ज्यान मारेको आरोपमा वैद्य माओवादीका जिल्ला नेता भोलानाथ बस्याल पक्राउ परेका छन । ठाडाको चक्ला स्थित जिल्ला सदस्य होमबहादुर रायमाझीको घरमा सुतिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । 
 २०६७ असार ३२ गते पाल्पा देउराली-५ बस्ने आफनै पाटीका नेता यज्ञप्रसाद आचार्यलाई कुटपिट गरेर हत्या गरेको आरोपमा उनकी श्रीमती लक्ष्मीले साउन १ गते ईलाका प्रहरी कार्यालय बुटवलमा उनी सहित पाँच जना विरुद्ध जाहेरी दिईकी थिईन । व्यापारीसँग उठाएको चन्दा बाडफाडमा कुरा नमिल्दा आचार्य र पाँच जना बीच झगडा भएको र त्यसपछि कुटपिटबाट आचार्यको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  रुपन्देही रामापुर  घर भएका बस्याल दुई वर्षदेखी अर्घाखाँचीमा राजनीतिमा सक्रिय थिए । नेकपा-माओवादीको प्रथम जिल्ला अधिवेशनबाट सह-सेक्रेटरी रहेका बस्याल यसभन्दा अघि जिल्ला ईन्चार्ज थिए । 
प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले फरार रहेका बस्याललाई गोप्य सुचनाका आधारमा सोमबार राती पक्राउ गरिएको बताए । पिडीतले बुटवल प्रहरी कार्यालयमा जाहेरी दिएकाले उनलाई त्यहाँको प्रहरीलाई बुझाईएको जिसीले बताए । जाहेरीको आधारमा माओवादीकै पाल्पा छहराका गोविन्द खत्री, देभानका खगेन्द्र केसी र रुपन्देही परुवाका दोर्ण जिसीलाई फागुनमा पक्राउ गरेको थियो । तिनै जना पुर्पक्षमा थुनामा छन । अझै दुई जना फरार रहेका छन । लक्ष्मीले आफनो श्रीमानलाई कुटपिट गरेर हत्या गरेको भन्दै किटानी सहित जाहेरी दिएकी छिन । 
 बस्यालको बारेमा अनुसन्धान भैरहेको र फरार दुई जनाको खोजी भैरहेको वुटवलका प्रहरी निरीक्षक रमेशसिंह ठकुरीले टेलिफोनमा बताए । माओवादी जिल्ला सेक्रेटरी भेषराज भुसालले राजनीति पुर्वाग्रहका आधारमा मुद्धा लगाईएको र बस्यालको घटनामा कुनै संलग्नता नरहेको दावी गरे । 

अन्य समाचारहरु