श्रावण १५ । पश्चिम भारतको महाराष्ट्रस्थित पुणेजिल्लाको अम्बे गाउँमा पहिरोमा परी २० जनाको मृत्यु भएको छ । पहिरोमा ४० घर दबिँदा करिब दुई सय जना पुरिएको आशंका गरिएको छ ।
सात जनाको जिवितै उद्दार गरिएको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा यो दुर्घटना भएको हो । पहिरो गएको स्थान पुणे जिल्लाको मेलिन गाउँ जाने बाटोमा पर्ने बताईएको छ ।
राति मानिसहरु सुतिरहेका समयमा पहाडको एक भाग फेदीमा रहेको गाउँमा खस्दा घरहरु दबेका थिए । गाउँमा रहेको एक स्कूलबाहेक सबै यात बगेका छन् यात दबिएको प्रहरीले जनाइएको छ । उद्धार कार्य जारी रहेको छ । AGENCIES