अर्घाखाँचीमा एक वर्षमा ४९ जनाद्धारा आत्महत्या

अर्जुन भुसाल 
अर्घाखाँची  साउन १६ ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले  आर्थिक वर्ष ०७०-७१ मा भए गरेका गतिविधिको बारेमा पत्रकार सम्मेलन गरि जनाकारी गराएको छ ।  प्रहरीले गत वर्ष जिल्लामा आत्महत्याका घटनामा उलेख्य संख्यामा वृद्धि भएको भन्दै यसको न्यूनिकरणमा जोड दिनुपर्ने बताएको छ । ४१ जना  झुन्डीएर र ८ जनाले  विष सेवन गरि  ४९ जनाले आत्म हत्या गरेका गरे । २१ जना महिलाले झुण्डीएर आत्म हत्या गरेका छन् भने विष सेवन  गरेर मृत्यु हुने महिलाको संख्या २ छ । झुन्डीएर ज्यान फाल्नेमा  धेरै महिला छन । विष सेवन गर्नेमा पुरुष धेरै छन् । 
जिल्लामा विक्रालरुपमा आत्महत्या गर्ने क्रम  बढ्दो छ । यसरी आत्महत्या गर्नेमा १६ वर्ष मुनिका युवती, ६० वर्ष माथिका वृद्धवृद्धा पनि छन् । धेरै विवाहित महिला छन् । आत्महत्याका घटनामा वृद्धि आएपछि यहाँका  सरोकारवालाहरुले चिन्ता प्रकट गर्न थालेका छन् ।  उनीहरुले समयमै यसको न्यूनिकरण गर्न नसके  गम्भीर समस्या आउन  सक्ने बताएका छन् ।  प्रहरी नायव उपरिक्षक दीपेन्द्र जिसीले आत्महत्याका  घटनामा कमि ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । विभिन्न कारणले आत्महत्या गरेको दखिन्छ उनले भने, जनचेतनाको अभावमा पनि  घटना घट्ने गरेका छन् । पारिवारीक हिंसा, गरिवी, मायाँ जालमा परेर धोका खाँदा र डिप्रेसनका कारण  आत्महत्या गर्ने गरेको पाइएको छ । 
गत वर्ष  कर्तव्य  ज्यान पाँच, भवितव्य ज्यान १६, फुटकर ज्यान चार, साधरण चोरी दुई, जुवा पाँच, केहि सार्वजनिक अपराध २०, मानव बेचविखन तथा ओसार पसार एक, वहुविवाह एक, बालविवाह एक, जवरजस्ती करणी तिन, हातहतियार खरखजना  एक, सरकारी छापदस्तखत किर्ते एक गरि ६० ओटा मुद्दा दर्ता भएको  प्र.ना.उ जिसीले जानकारी दिए । उनले विभिन्न समयमा विभिन्न खालका जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएकोमा ति कार्यक्रमहरु सार्थक भएको बताए । यस वर्ष जिल्लामा दुर्घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् ।  दुर्घटनाबाट ज्यान गुमाउनेमा  २१ पुरुष १० महिला र तिन  बालबालिका छन् ।  गत वर्ष जिल्लामा ७९ जना मानिस हराएको प्रहरीले जनाएको छ । छ बालक, सात बालिका, ६२ महिला र ४ पुरुष हराएका छन् । घरेलु हिंसाको एउटा मुद्दा परेकोमा ३५ दिन भित्रै मिलापत्र भएको प्रहरीले जनाएको छ ।       

अन्य समाचारहरु