(पहिलो प्रकासित मिती: श्रावण १२, २०७१ )
शोभाकर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्राकृतिक प्रकोपको खतरा बढेको छ । बजारका एरिया र आसपासका क्षेत्रहरुमा गरीएको अव्यवस्थित जग्गा पलटिङ्ग र खोला तथा खोल्सा अतिक्रमण गर्ने परिपार्टीका कारण सदरमुकाम सन्धिखर्क संकटमा परेको हो ।
जग्गा व्यवसायीहरुले सन्धिखर्ककका खेतीयोग्य फाटहरुमा पलटिङ्ग गरेर साना साना टुक्रापारी घडेरी विक्री गर्दा सयौं रोपनी खेती योग्य जमिन बन्जरमा परिणत मात्र भएन दिन दिन घडेरी सम्याउने नाममा बजारको वीचमा संचालन गरिने भ्याकु, स्काभेटर, डोजर लगायतका भारी उपकरणका कारण जग्गा जमिनको भू-बनोट खलबलाउने कामभएको स्थानीय वासीन्दाको गुनासो छ ।
जग्गा व्यवसायी र कतिपय व्यक्तिहरुले व्यक्तिगत लाभका लागि सार्वजनिक जग्गा , खोला तथा खोल्सीहरु लाई सडक बनाएर आनो नीजि जग्गालाइ मोटो रकम असुलेर घडेरीका रुपमा विक्रि गर्दै आएका छन् । कतिपय व्यक्तिहरुले त सार्वजनिक जग्गा विक्रि गर्ने तथा घर बनाउने समेत गरेको स्थानीय बासिन्दाको आरोप छ ।
चुत्रावेसी र सन्धिखर्कको वीचमा बग्ने वाँगी खोला , भद्रिखोला र घोंचेखोला अतिक्रमण गर्ने काम तिव्र गतिमा भएको छ । वगिरहेको खोलामा व्यक्तिहरुले तार जाली लगाएर घडेरी बनाउने काम गरेका छन् । खोलाको किनारामा रहेको दर्जनौ घरहरु सार्वजनिक जग्गामा निर्माण गरिएको स्थानीयको आरोप छ । वर्षातको समयमा बगर, ढाकेर वग्ने बागी खोलालाई अहिले ४-६ मिटरमा मात्र सिमित गरेर खोलाको रुपमा परिणत गरिएको छ । सदरमुकामको आसपासमा रहेका भिराला पाखाहरु भत्काउने र ्बाँगी खोलालाई अतिक्रमण गरेर सिमित ठाउमा कैद गर्ने काम भएको छ । जग्गा व्यवसायीहरु र व्यक्तिले जती नै सुकै जग्गा हडपे पनि यसतर्फ कुनै पनि निकायको चासो नपुगेको स्थानीय बासीनदाको गुनासो छ ।
सन्धिखर्कमा सुरु देखि वासोवास गर्दै आएका बुढापाकाहरु बाँगीखोला कम्तीमा पनि ३० देखि ४० मिटरको चौडाइमा वग्ने गरेको वताउछन् । जिल्लाका समाजसेवी र वुभ्रmुक भन्नेहरुले ४० मिटर क्षेत्रमा वग्ने खोलालाई ४-६ मिटरमा मात्र सिमित गरी पानी वग्ने ठाउमा वाल लगाएर मेरो आ