(पहिलो प्रकासित मिती: २०७१ श्रावण १८, आइतवार)
– प्रेमनारायण आचार्य
सन्धिखर्कका बिभिन्न स्थानमा अबैध रुपमा लगाएको गाजा नष्ट गरेको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिर्खकको गुन्टेखोला, बागी खोला लगायतका स्थानमा लगाएको गाजा प्रहरीले नष्ट गरेको हो ।
करिव ५ रोपनी जग्गामा रोपीएको गाजा शुक्रवार प्रहरी नायब निरिक्षक शुसिल घिमिरेको नेतृत्वमा गएको टोलीले नष्ट गरेको हो । गाजा कानुन अनुसार रोप्न नपाईने भन्दै प्रहरीलेे गाजा नष्ट गरेको प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसिले बताउनुभयो ।
जिल्लाका अन्य ठाउँमा पनि अवैध गाजा रोपीएको सुचना आएको प्रहरीले जनाएको छ । जिल्लाभरकै गाजा नष्ट गरिने प्रनाउ जिसिको भनाइ छ ।
अन्य तस्बिर: अर्जुन केसी, अर्घाखाँची डट्कम