भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा नेपाललाई १ खर्ब रुपैयाँ बराबरको सहुलियत ऋण घोषणा


काठमाडौं, श्रावण १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १ खर्ब रुपैयाँ बराबरको सहुलियत ऋण घोषणा गरेका छन् । मोदीले आइतबार संसदलाई सम्बोधन गर्ने क्रममा नेपालले आफ्नो प्राथमिकतानुसार खर्च गर्ने सक्ने गरी १ अर्ब अमेरिकी डलर बराबरको नयाँ ऋण सहयोग घोषणा गरेका हुन् ।


उनले नेपाललाई बगेर गैरहेको जलस्रोतको भरपुर उपयोग गर्न पनि सुझाव दिए । अहिलेलाई नेपालको अँध्यारो हटाउन भारतले सहयोग गर्ने र १० वर्षपछि नेपालले भारतको अध्याँरो हटाउन सक्ने बताए ।


भारतीय बजारमा बिजुली बेचेर नेपालले आर्थिक विकासको मार्ग प्रशस्त गर्न सक्ने उनले बताए । मोदीले भारतले नेपालको बिजुली खरिद गरेर मात्र लानेमा ढुक्क हुन पनि आग्रह गरे । बिजुली आदानप्रदानका लागि तत्काल प्रशारण लाइन दोब्बरले विस्तार गर्ने पनि उनले जानकारी गराए ।


भारत नेपालको प्राकृतिक स्रोतहरु सदुपयोगमा काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको उनले स्पष्ट पारे । उनले जलस्रोत बाहेक जडिबुटी, कृषि, पर्यटन नेपालका उच्च सम्भाब्य क्षेत्र रहेको पनि बताए । यी क्षेत्रमा नेपालले कम पूँजी लगाएर धेरै लाभ हासिल गर्न सक्ने उनले बताए ।


पशुपति भएको मुलुक नेपालले भारतको सवा अर्ब जनसंख्याको बजारबाट लाभ लिन उनले सुझाए । साहसिक पर्यटनका लागि नेपाल विश्वकै अनुपम स्थान बन्न सक्ने उनले उल्लेख गरे । नेपालले