अख्तियारद्धारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच डीनसहित १४ जनालाई निलम्बन

काठमाडौं, श्रावण २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच डीनसहित १४ जनालाई निलम्बन गर्न विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिएको छ ।
निलम्बन सिफारिस गरिएका डीननहरुमा मानविकी संकायका पिताम्बर ढकाल, व्यवस्थापन संकायका डा. मस्तबहादुर गरम्जा, विज्ञान संकायका डा. केशरसिंह राना, इन्जिनियरिङ संकायका प्राध्यापक रामचन्द्र अर्याल र शिक्षा संकायका लालमणि आचार्य रहेका छन् ।
यस्तै, लेखा नियन्त्रक कमल केसी र सहायक प्रशासक गगन सिंह बोहोरालाई पनि अख्तियारले निलम्बन गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, उपप्राध्यापक गणेशबहादुर राउत, अनुगमन अधिकृत पारसराम गिरीलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको छ ।
त्यस्तै, उपकुलपतिका निजी सहायक सुधन गौली, वरिष्ठ सहायकहरु जीवनकुमार थापा, सत्या थापा, गणेशबहादुर केसी र इन्जिनियर महेश शर्मालाई पनि निलम्बन गर्न निर्देशन दिइएको छ ।
विश्वविद्यालयको भौतिक संरचना निर्माण, विभिन्न खरिद तथा शिक्षक र कर्मचारी नियुक्तिमा व्यापक आर्थिक अनियमितता गरेको दाबी अख्तियारले गरेको छ । IMAGEKHABAR