प्रेमनारायण आचार्य
अर्घाखाँची २१ साउन । नेकपा एमाले अर्घाखाँचीका सचिबालय सदस्य रामचन्द्र पोख्रेलकी ममतामयी माता तुमाकुमारी पोख्रेलको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको सिलसिलामा ८५ बर्षको उमेरमा आज निधन भएको छ ।
निधन प्रति एमाले जिल्ला कमिटि अर्घाखाँचीका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले एक सोक बक्तब्य जारी गरि मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिबारजन प्रति समबेदना ब्यक्त गर्नु भएको छ ।
मृतक पोख्रेलको आजै गच्छे घाटामा अन्तिम दाहसस्कार गरिएको छ । एमालेका नेता तथा अन्य सुभचिन्तकहरु गच्छे घाटमा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको एमाले जिल्ला उपसचिब प्रेमनारायण गैरेले बताउनु भयो ।