श्रावण २२ । कम्बोडियामा खमेर रुज शासन कालका दुई जना शीर्ष नेतालाई मावनता विरोधी अपराध गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
संयुक्त राष्ट्रसंघ समर्थित विशेष अदालतले आजीवन कारावास सुनाएकाहरुमा ८८ वर्षिय नुआन चिया र ८३ वर्षिय खियु सम्फान रहेका छन् । चिया खमेरुज प्रमुख पोल पोटका सहायक थिए भने सम्फान पोल पोटको माओवादी शासन कालका प्रमुख थिए ।
खमेर रुजको शासनकालमा करिब २० लाख जनता भोक, अत्यधिक श्रम र मृत्युदण्डको सजायका कारण मारिएको विश्वास गरिन्छ । सन् १९७५ देखि १९७९ का बीचको चार बर्षे खमेरुज शासन कालमा इतर विचार राख्नेहरुको कत्लेआम गरिएको बताइन्छ । नुआन चिया उक्त शासनका वैचारिक शक्ति थिए भने खियू सम्फान सार्वजनिक अनुहार थिए ।
सरकारी अभियोजनकर्ताहरुले यी दु्ईले नीतिगत रुपमा दुश्मनलाई मार्न सहयोग गरेको दलील पेश गरेका थिए । तर दुवैले आरोेप अस्वीकार गरेका छन् । खमेरुज प्रमुख पोल पोटको भने एक दशक अघि नै जंगलमा थलिएर मृत्यु भएको थियो । AGENCIES