यूएईमा संगठित अर्घाखाँची समितिको भेला सम्पन्न-दसैंमा बनभोज गर्ने

राजु खडका – साउन २४ – दुबइ ,अर्घाखाँची संपर्क समिति यूएईको नियमित मासिक बैठक सम्पन्न भएको छ । गत शुक्रबार दुबइको मेट्रोपार्कमा बसेको बैठकले दसैंको बेला बनभोज गर्ने निर्णय समेत गरेको छ । 
युएईका सात ईमिरेटस् रहेका अर्घाखाँची वासीहरुको उपस्थितीले समाजका लागि उल्लेख्य काम गर्नु पर्ने सामुहिक आबाज उठाएको थियो । 
हामीले सहयोग नगरे कस्ले गर्ने? बिदेशमा हाम्रो छिमेकी बाहेक आफन्त अरु को नै छ र? हरेक पल हामीमा एकता हुनु पर्छ, कसरी हामी सबैमा बिदेशमा हुने गरेका घटना रोक्ने, कसरी हरेक क्याम्प सम्म हामी स्वथ्य जीवन र सम्मानजनक जीवन बनाउन सकिन्छ भन्ने बिषयले बैठक ध्यान आकर्षण गराएको थियो।
 
बैठकमा हिन्दूहरुको महान पर्व दसैंको अबसर पारेर अर्घाखाँची संपर्क समिती युएईले अक्टोबर ३ तारिकका दिन दसैं को टिका, पण्डितहरु बाट पर्वचन साथै बनभोज गरेर सामुहिक मनोरन्जनात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । साथै अन्य संघ संस्थाहरुलाई सोही मितीमा कार्यक्रम नजुदाई सहयोग गर्न समेत अनुरोध गरेको छ । 
Displaying DSCF3554.JPG
प्रचन्ड गर्मीका बाबजुत पनि बैठकमा अर्घेलीहरुको उपस्थिती बाक्लो देखिन्थियो। युएईमा रहेका अर्घाखाँची वासीहरुको सुख दु:ख को चौतारी बन्न सफल संपर्क समितिमा दैनिक आबद्द हुन खोज्नेहरुको सख्या बड्दै गएको बैठकमा जानकारी गराइएको छ । 
बिभिन्न प्रक्रितीमा सामाजिक साहयोग र आपसी भाईचारको हात बढाउदै गएको समितीले अर्घाखाँची जिल्लामा शुरु भएको “अर्घाखाँचीमा आधुनिक शिक्षा” नामक अभियानमा समेत हातेमालो गर्ने बैठकले निर्णय गरेको छ।
Displaying DSCF3560.JPG
समितिका अध्यक्ष राजु खडकाको अध्यक्षतामा बसेको बैठकको महासचिब चिरन केसीले सन्चालन गर्नु भएको थियो। बैठकमा केन्द्रिय उपाध्यक्ष धुर्ब केसी,सचिब जीवन केसी,का साथ सारजाह,दुबइ र अबुधाबी क्षेत्रिय समितीका प्रतिनिधिको उपस्थिती थियो।  

अन्य समाचारहरु