सप्तकोशी नदीमा पानीको बहाव बढेपछि फेरि खतराको संकेत

सुनसरी, श्रावण २४ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि फेरि खतराको संकेत देखिएको छ । सप्तकोशीमा पछिल्लो पटक मापन गरिएको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ६२ हजार ६ सय ६५ क्युसेक पुगेको छ ।
आज साँझबाट पानीको बहाव ह्वात्तै बढेपछि सप्तकोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सामान्यतः सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको संकेत मानिन्छ ।
एक लाख ५० हजार क्युसेक पानी नाघेपछि कोसी व्यारेजका कम्तीमा ५० ढोका खोल्नु पर्ने भएपनि हालसम्म २६ ओटा ढोका मात्र खोलिएका छन् । IMAGEKHABAR