समयमा चामल ढुवानी हुन नसक्दा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न अभाव भएको छ। अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लाका केही गाविसहरुमा खाद्यान्नको चरम अभाव भएको छ।
नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले समयमा चामल ढुवानी गर्न नसक्दा पहाडी जिल्लाहरुमा खाद्यान्न अभाव भएको हो।
खाद्य संस्थानले भने टेण्डर प्रकृयामा ढिलाई भएका कारण चामल ढुवानी हुन नसकेको बताएको छ। चामल ढुवानीका लागि एक साता अघि टेण्डर भैसकेको छ।
खाद्य संस्थानले भने टेण्डरको धितो धरौटी गर्नुपर्ने लामो प्रक्रियाले चामल ढुवानी सुरु हुन अझै केही दिन लाग्ने बताएको छ।
संस्थानले गत आर्थिक वर्षमा पठाएको चामल सकिएको छ। हरेक वर्ष खाद्यान्न अभाव हुने बाजुराको कोल्टी, अछाम र बैतडीमा रहेका संस्थानका गोदाममा चामल सकिएको छ।
बैतडीको कुलाउस्थित डिपोमा चामल संकिदा कुलाउ, सर्मौली, पञ्चेश्वर गाविसमा भोकमरी सुरु भएको स्थानीय कालु चन्दले जानकारी दिएका छन्।
बाजुराको कोल्टीमा रहेको डिपोमा समेत चामल सकिएको स्थानीयले जानकारी दिएका छन्।
संस्थानले बाजुराको कोल्टी र अछामको मंगलसेन डिपोमा खाद्यान्न सकिएको खबर आएपनि बैतडीबारे कुनै आधिकारिक खबर नआएको जानकारी दिएको छ।
अछाममा रहेको डिपोमा चामल सकिएको खाद्य संस्थानले जनाएपनि त्यहाँ भोकमरीको अवस्था सृजना नभएको पत्रकार शिवराज ढुङ्गानाले बताए। उनले भने