श्रावण २६ । द्वन्द्वग्रस्त गाजामा फेरि तीन दिन युद्ध विराम गर्न इजरायल र प्यालेष्टायनी राजी भएका छन् । आज विहानबाट शुरु हुने ७२ घण्टे युद्धविरामलाई स्थायी रुपमा लम्ब्याउन सकिने अपेक्षा मध्यस्थकर्ता इजिप्ट र अरु विश्वले गरेको छ ।
अस्थायी युद्धविरामको यस अवधिलाई दीगो शान्तिमा परिणत गर्न सबै पक्ष जुट्नुपर्ने इजिप्टले जनाएको छ । थप वार्ताका लागि इजरायली र प्यालेष्टायनी प्रतिनिधि कायरोमा भेट्दै छन् । जुलाई ८ देखि इजरायल र हमासबीच भएको संघर्षमा दुई हजार मानिसले अनाहकमा ज्यान गुमाएका छन् ।
जसमा १९ सयभन्दा बढी सर्वसाधारण प्यालेष्टायनी इजरायली आक्रमणमा मारिएका थिए । जसमा ४ सय ५२ जना बालबालिका र २ सय ३५ जना महिला छन् । इजरायलतर्फ भने ६४ जना सैनिक मारिएका छन् । AGENCIES