वीर अस्पतालमा विभिन्न माग राख्दै अनसनमा बसीरहेका चिकित्सकहरुको दवाव पश्चात सरकारले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठानमा रिक्त रहेका सबै पदमा पदाधिकारीहरुको नियुक्ति गरेको छ।
प्रतिष्ठानका सह-कुलपति एवम् स्वास्थ्य मन्त्री खगराज अधिकारीका अनुसार उपकुलपतिको सिफारिसमा प्रतिष्ठानको रेक्टरमा प्राध्यापक रंगबहादुर बस्नेत, रजिष्ट्रारमा डा. किरण मानन्धर, डिनमा यउनचन्द्र शिवाकोटी, निर्देशकमा डा. स्वयंप्रकाश पण्डित र कार्यकारी सदस्इमा डा भुपेन्द्र बस्नेतलाई आइतबार नै नियुक्त गरिएको हो।
लामो समयदेखि रिक्त रहँदै आएको पदाधिकारीहरुको नियुक्तिको प्रक्रिया उपकुलपतिको नियुक्ति पश्चात अगाडि बढेेको थियो।
साउन २३ गते कुलपतिको हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले उपकुलपतिमा डा. गणेश गुरुङलाई नियुक्त गरेका थिए। वीर अस्पतालमा रिक्त रहेका पदाधिकारीहरुकेा नियुक्तिसँगै अस्पतालमा आवश्यक उपकरणहरुको व्यवस्था गर्न माग गर्दै अस्पतालका चिकित्सकहरु विगत दुईसातादेखि आन्दोलनमा उत्रेका थिए।
चिकित्सकहरुको आन्दोलन बारेमा प्रतिक्रिया दिदै मन्त्री अधिकारीले भने, ‘उहाँहरु सरकारी कर्मचारी हो र अब सरकारले निर्णय गरीसकेपछि आन्दोलन स्थगित गरी सेवा सुचारु गर्नु पर्छ।’ SETOPATI