नेपालले महामारी इबोला रोगबाट बाँच्ने कुनै पूर्वतयारी गरेन

काठमाडौ, श्रावण २७ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पश्चिमी अफ्रिकी देशमा फैलिएको रोग इबोलालाई जनस्वास्थ्यको लागि अन्तर्राष्ट्रिय आपतकालीन स्थिति घोषणा गरेको सोमबार साँझ एक सय २० घन्टा भइसके पनि सरकारले मुलुकमा यसबाट बाँच्ने कुनै पुर्व तयारी थालेको छैन।
हालसम्म सरकारको स्वास्थ्य लगायतका कुनै पनि निकायले मुलुकमा सम्भावित इबोला संक्रमितहरू भित्रने सक्ने आशंकालाई निवारण गर्न सोमबार अवेर रातिसम्म कुनै पूर्वतयारी गरेको छैन। 
सरकारका महामारी हेर्ने अधिकारीहरू समेत हालसम्म इबोलबाट बाँच्ने पुर्वतयारी शून्य रहेको स्विकार्छन्। 
उनीहरूले मुलुकमा एक जना इबोला संक्रमित देखिए पर्यटन पूर्ण प्रभावित हुनुको साथै अर्थ व्यवस्था नै ठप्प हुने चेतावनी दिए। ‘जबसम्म मुलुकमा क्वारेन्टाइन पोष्ट खडा गर्न स्रोत, साधन उपलब्ध हुँदैन तबसम्म हामी असुरक्षित रहन्छौं, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी भन्छन्, ‘एक जनामा पनि यो संक्रमन देखिए विश्वको नजरमा मुलुक असुरक्षित बन्छ। EKANTIPUR