उमाकान्त पाण्डे – साउन २८ – यूएई , यूएईमा कार्यरत नेपालीले अर्घाखाँचीका एक जना मिर्गौला पीडित ब्यात्तीको उपचारका लागि आर्थिक सहयोग गरेका छन ।
काम लाग्न नसक्ने तरिकाले दुबै मिर्गौलामा समस्या आएका कारण अफ्ठारोमा परेका अर्घाखाँची डिभर्नाका शिवलाल श्रेष्ठको उपचारका लागि यूएईमा कार्यरत अर्घाखाँची बासी नेपालीले आर्थिक सहयोग गरेका हुन ।
दुबै मिर्गौला पीडित श्रेष्ठको पारिवारिक स्थिती कमजोर रहेको र सहयोगका लागि जिल्ला बाट अनुरोध आएपछि यूएईमा रहेका अर्घाखाँची बासीले एक साता लगाएर जम्मा गरेको करीब ४३ हजार नेपाली रुपैया मिर्गौला पीडित शिवलाल श्रेष्ठका दाजु नेत्र प्रसाद श्रेष्ठको नाममा मंगलवार अर्घाखाँची पठाईएको हो ।
दुई छोरा,एक छोरी, र एउटी श्रीमतीको परिवारमा श्रीमानको दुबै मिर्गौलामा खराबी आएपछि परिवारको बिचल्ली भएको छ । दुबै मिर्गौलामा समस्या भए पछि थलिएका श्रेष्ठको भैरहवामा उपचार भईरहेको छ । उपचारका लागि धेरै पैसा लाग्ने भएकोले परिवार झन तनाबमा छन ।
आर्थिक अभावका कारण मिर्गौला उपचार अभाबमा मृत्युका दिनको प्रतिक्षामा रहेको सामाजिक सन्जाल मार्फत जानकारी पाएपछि यूएईमा रहेको अर्घाखाँची संपर्क समितिले अभियान सन्चालन गरेर सहयोग जुटाएको हो ।
श्रेष्ठको उपचारका लागि धेरै पैसा लाग्ने र ठुलो रकम नभएर मृत्यु सँग लडिरहेका श्रेष्ठलाई अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष समेत रहेका राजु खड्काको सकृयतामा आर्थिक रकम सकलन गरिएको हो । उनलाई सहयोग गर्नेमा अरुको समस्यालाई पनि आफ्नो सम्झेर सहयोग गर्ने अर्घाखाँची बाहेक अन्य जिल्लाका नेपाली समेत रहेको खड्काले जानकारी दिनुभयो ।
उत्त समितिले यहाँ कार्यरत नेपालीबाट सहयोग रकम सकंलन गरी सो रकम नेपाल पठाउन सकेको हो ।
श्रेष्ठको उपचार गर्न विश्वभर रहेका नेपालीलाई सामाजिक सन्जालमार्फत अनुरोध गर्दै सहयोगका लागि अपिल समेत गरिएको छ ।