श्रावण २९ । ब्राजीलमा हवाई दुर्घटनामा परी राष्ट्रपति पदका उम्मेदवारको मृत्यु भएको छ । तटीय शहर सान्तोसमा भएको दुर्घटनामा राष्ट्रपति पदका उम्मेदवार एडुआर्डो कैपोसको मृत्यु भएको हो ।
कैपोस चढेको निजी विमान मानिसहरुको बाक्लो वस्ती भएको आवास क्षेत्रमा झरेको थियो । दुर्घटनामा चालक दलका दुई र अरु चार जनाको मृत्यु भएको छ । कैंपोस ब्राजीलको सोसलिष्ट पार्टीका तर्फबाट राष्ट्रपति पदका प्रत्याशी हुनुहुन्थ्यो ।
विमान रियो दि जेनेरियोबाट गुआरुजा शहर जाँदै थियो । खराव मौसमका कारण विमान उत्रन नसक्दा उक्त दुर्घटना भएको बताइन्छ । AGENCIES