श्रावण २८ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले इराकका कुर्द लडाकुलाई हतियार दिने घोषणा गरेका छन् । कुर्दिस्तानमा प्रान्तीय अधिकारीहरुले हतियारको आवश्यकता रहेको बताएपछि फ्रान्सेली राष्ट्रपतिका तर्फबाट यस्तो घोषणा गरिएको हो ।
यसअघि अमेरिकाले आफ्ना १ सय ३० सैन्य सल्लाहाकार कुर्द क्षेत्रमा पठाउने घोषणा गरिसकेको छ भने हतियार दिन पनि सुरु गरेको छ ।
अमेरिकाले उत्तरी इराकमा इस्लामिक राज्यका लागि संघर्ष गरिरहेको आइएसविरुद्ध हवाई आक्रमण गरेको छ । उत्तरी इराकमा कुर्द लडाकु इस्लामिक स्टेटका लडाकुहरुसँग संघर्ष गरिरहेका छन् ।
संघर्षका कारण हजारौं मानिस विस्थापित भएका छन् । (एजेन्सी)