पुल भासिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध, सयौ सवारी साधनहरु बीच बाटोमै अलपत्र

महोत्तरी, श्रावण २९ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरीको सीमानामा पर्ने रातु खोलाको पुल भासिएपछि गएराती देखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । गएराति करीब १२ बजे पुलको पश्चिमपट्टीको पिलर भासिएपछि यातायातका साधन चल्न नसकेको हो । बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको गाडीहरु धनुषाको लालगढ तथा पश्चिमबाट पूर्व जाँदै गरेका गाडीहरु महोत्तरीको बर्दिबासमा रोकिएका छन् । अबिरल बर्षासंगै रातु खोलामा आएको बाढीले पुलको पिलर भांसिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले जानकारी दिए ।
पुल तलबाटै ढुंगा र बालुवा निकाल्ने क्रम बढेपछि केही महिना यता मात्र स्थानीय प्रशासनले रोक लगाएको थियो । रोकिएका सवारी साधनलाई बर्दिबास