भारतमा पूर्व सांसद फूलनदेवीको हत्यामा दोषी ठहर गरिएका शेरसिंह राणालाई आजीवन कारावासको सजाय सुनाइएको छ । दिल्लीको पटियाला हाउस अदालतले सजाय सुनाउँदै एक लाख भारतीय रुपैयाँ जरिवाना तिर्न पनि आदेश जारी गरेको छ ।
उनको हत्यामा संलग्न रहेका १२ अभियुक्तमध्ये एकको जेलमै निधन भएको थियो भने बाँकी सबैलाई सफाइ दिइएको थियो । सन् २००१ को २५ जुलाईमा फूलनदेवीको दिल्लीमा हत्या भएको थियो ।
त्यस समयमा उनी समाजवादी पार्टीका तर्फबाट लोकसभामा सदस्य थिइन् । फूलनदेवी सांसद बन्नुअघि एक चर्चित डाँकु सरदार थिइन् ।
आफूमाथि भएको सामूहिक बलात्कारको बदला लिन उनले डाँकु बनेर २२ जनाको हत्या गरेको आरोप लगाइएको थियो । (एजेन्सी)