भारतमा ६८औं स्वतन्त्रता दिवस: मोदी बहुमतको बलमाभन्दा सहमतिका आधारमा शासन चलाउने पक्षमा

श्रावण ३० । छिमेकीमुलुक भारतले आज आफ्नो ६८औं स्वतन्त्रता दिवस मनाएको छ। यसै अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू बहुमतको बलमाभन्दा सहमतिका आधारमा शासन चलाउने पक्षमा रहेको बताएका छन् । भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिल्लामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भारत शासकले नभइ किसान, मजदूर र आम जनताले बनाएको उद्घोष पनि गरे ।
मोदीले त्यहाँको योजना आयोग भंग गरी नयाँ संस्था बनाउने घोषणा पनि गरे । देशलाई अगाडि बढाउन जति सरकारको भूमिका हुन्छ उत्तिकै भूमिका विपक्षीको पनि हुने उनले बताए ।
हिंसाबाट केही प्राप्ति नहुने भन्दै उनले सम्मृद्ध भारत बनाउन सबैलाई आह्वान गरे ।
छोरा