अर्घाखाँचीमा समग्र बिकास निर्माण र खेलकुदको बिकासमा भुमिका खेलेको भन्दै गणपति सम्मानीत

प्रेमनारायण आचार्य 



अर्घाखाँची २९ साउन । अर्घाखाँचीमा समग्र बिकास निर्माण र खेलकुदको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको भन्दै चन्दननाथ गणका गणपति रामकाजी रानामगरलाइ अर्घाखाँची युबा परिसदले आज सम्मान गरेको छ । 

 



 

२०६८ साल देखि हाल सम्म जिल्लाका बिकास निर्माणका साथै खेलकुदका क्षेत्रको बिकासका लागि सहयोग गरेको , आपतकालिन दुर्घटनामा उद्धारमा सहयोग गरेको र युबाको समग्र हितमा सहयोग गरेको भन्दै आज एक कार्यक्रमको आयोजना गरि परिसदले मायाको चिनो प्रदान गरेर तथा खादा ओढाएर सम्मान गरेको हो । 

 



 

जिल्लाको खन गाविसमा बिद्यालयको भबन निर्माणमा सहयोग गरेको , खाँची मैदान देखि भगबती मन्दिर सम्म जाने बाटो निर्माण गरेको, ठाडा देखि बाणगंगा जाने मोटरबाटो निर्माण गरेको , मथुराबेसीमा तारजाली भरि मन्दिरको संरक्षण गरेको, दुर्घटनामा घटनास्थलमा गइ उद्धारमा खटिएको तथा अन्य सामाजिक काममा उल्लेख्य भुमिका खेलि सेना र सर्बसाधारणले हेर्ने दृष्टिकोण समेत परिबर्तन गरेको कारण सम्मान गरिएको अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनु भयो । 

 



 

२०६८ सालमा अर्घाखाँचीमा गणपतिको रुपमा आएका रामकाजी रानामगरको सरुवा भए पछि परिसदले कार्यक्रमको आयोजना गरि जिल्लामा गरेका कामको मुल्यांकन गरेर सम्मान तथा बिदाइ गरेको हो । कार्यक्रम अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्ण प्रसादल भुसालको अध्यक्षता, महासचिब धर्मराज भुसालको सञ्चालन र सस्थापक सचिब सहयोगी बिसीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 

अन्य समाचारहरु