जलुकेमा खहरे ढुंग्रे खोलाले बगाएर बिद्यार्थीको मृत्यु

प्रेमनारायण आचार्य 
जलुके, अर्घाखाँची २९ साउन । अर्घाखाँचीको जलुके गाविसमा खोलाले बगाएर एक बिद्यार्थीको ज्यान गएको छ । 
 जलुके गाविस वाड न. ७ निवासी ९ बर्षिय ढुन बहादुर नेपालीलाइ बिद्यालय बाट घर फर्कने बेलामा खहरे ढुंग्रे खोलाले बगाएर ज्यान गएको स्थानीय पिताम्बर सारुले बताउनु भयो ।  मृतक नेपालीले जलुके गाविसमा रहेको लाल राष्ट्रिय प्राबीमा कक्षा २ मा अध्यनरत थिए । 

अन्य समाचारहरु