नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च

चितवन, श्रावण ३० । नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । ६ मिटर सतह सामान्य मानिने नारायणी नदीमा अहिले पानीको बहाव बढेर ७ दशमलव ९ मिटर पुगेको छ ।
अझै पानीको बहाव बढ्ने अवस्थामा रहेको छ । ८ मिटर खतराको संकेत रहेकाले सचेत रहन सम्पूर्णलाई निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आग्रह गरेका छन् ।
नारायणीमा आएको बाढीले गैंडाकोटका केही घरहरु डुबानमा समेत परेका छन् । IMAGEKHABAR