युवराज कंडेल – बुधबार दिनभरी परेको झरीले गर्दा तिलोत्तमा नगरपालिकाका उत्तरी शान्तिनगर र नया चपरहत्ती गाउ डुबानमा परेका छन।बुटवल नगरपालिकाको पूर्वी कालिका नगर क्षेत्र देखि दक्षिणको पानी बगेर यो क्षेत्र हुदै मक्रहर र गंगोलिया तर्फबगेर जाने गरेकोमा पछिल्लो समयमा ती क्षेत्रहरुमा कुलो र घोलाहरु पुर्ने तथा पानीको निकास अवरुद्ध पार्ने काम भएकोले वर्षको पानी निकास हुन नसक्दा शान्तिनगरका वासिन्दाहरु डुबानमा परेका हुन।
सुखौरा वन क्षेत्रमा जम्मा भएको पानी मद्रहानी, दीपनगर र मृगौली कुलो हुदै निकास हुने गरेकोमा पछिल्लो समयमा ती कुलोहरुमा फोहरमैला थुप्रिएर वहाव मार्ग सांघुरो भएकोले पानीको उचित निकास हुन नसक्दा यो क्षेत्र हरेक वर्ष डुबानमा पर्दै गएको छ।
बुधवार दिनभरी परेको झरीले तिलोत्तमा नगरपालिका १ र ११ वडाको करिव ४० बिगाहा जग्गाको धानबाली समेत डुबानमा परेको छ।पछिल्लो जानकारी अनुसार शान्तिनगरका १२ घर डुबानमा परेका छन। साझ पर्दै जादा पानीको सतह अझ बढ्दै गएकोले डुबान पिडितहरु आतंकित भएका छन।
खाने बस्ने समस्या त बढेको छ नै घर भत्कने चिन्ताले डुबान क्षेत्रका १२ परिवार रातभरी सुत्न सकेनन । शान्ति नगर्न ज्ञान प्रसाद बिक, मुक्त बहादुर थापा, रामु नेपाली, झग बहादुर नेपाली, दिपक नेपाली, झग बहादुर नेपाली, भगवती थापाका घर डुबान बाट बढी प्रभावित रहेका छन। त्यस्तै त्यहा स्थित भद्रकाली प्राथमिक विद्यालय समेत डुबानमा परेको छ ।
बिद्यार्थी आउने मुख्य बाटो डुबानमा परेकोले बुधबार स्कूल विदा भएपछी विद्यार्थीहरुलाई अभिभावकहरुले बोकेर घर पुराएका थिए भने बिहिबार आधा भन्दा स्कुलका विद्यार्थीहरु अनुपस्थित रहेको विद्यालयले जानेको छ।
हरेक वर्ष ठुलो क्षेत्र डुबानमा पर्ने भएपनि डुबान रोक्न र पानीको निकास खोल्न सोह्र छत्तिस कुलोपानी समिति र स्थानीय निकायले कुनै पहलगरेका छैनन् ।