श्रावण ३१ । उत्तरी इराकको याजीदी समुदायका मानिसविरुद्ध इस्लामिक लडाकुहरुले आमनरसंहार गरेको खबर छ । इस्लामिक लडाकुहरुले उक्त समुदायका ८० जनाको एकसाथ हत्या गरेको तथा थुप्रै महिला तथा बालबालिकालाई बन्धक बनाएर लगेको बताइएको छ ।
सिन्जर सहरदेखि ४५ किलोमिटर टाढाको अल्पसंख्यक याजीदी समुदायको कोचो बस्तीमा पसेर उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।
घटनाको निन्दा गर्दै राष्ट्रसंघले इस्लामिक लडाकुविरुद्ध सबैखाले प्रतिबन्ध लगाइएको जनाएको छ भने अमेरिकाले आफ्नो ड्रोन हमलामा लडाकुको सवारी साधन ध्वस्त बनाइएको जनाएको छ । (एजेन्सी)