अर्घाखाँचीमा राहदानी बनेको खबर घर-घरमै


जिल्ला प्रशासन कार्यालय अर्घाखाँची ।

 

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । छत्रजञ्जका नारायण रायमाझी कम्बोडिया जान दिन पर्खेर बसिरहेका थिए । फारम भरेको झण्डै ढेड महिनासम्म पासपोर्ट हात परेको थिएन । पासपोर्ट कहिले आउछ भनेर प्रशासनमा धाईरहेका थिए । 



एक्कासी मोवाईलमा जिल्ला प्रशासनबाट म्यासेज आयो, उनले भने, तपाईको राहदानी बनेर आएको छ लिन आउनुहोला भनेर पो खबर आयो । मैले कर्मचारीलाई सोधिरहेको थिए, खै कहिले आउछ थाहा छैन भनेर जवाफ दिन्थे तर म्यासेज आउदा म दंग परें । यस्तो म्यासेज पालीका मिलन पाण्डे, सुवर्णखालका वामदेव पौडल सहित ६ सय २३ जनाको मोवाईलमा एकै पटक घण्टी बजेपछि सबै खुसी भए र राहदानी बुझे ।  जिल्ला प्रशासनले साउन महिनाबाट मोवाईलमा एसएमएस प्रणाली लागु गरेको छ । रोजगारको लागि विदेश जानेले भरेका फारम प्रशासन मार्फत परराष्ट्र मन्त्रालयमा पुगेपछि डेढ महिनाको अवधिमा राहदानीको परिचय पत्र परराष्ट्रले जिल्लामा पठाईदिन्छ । हामीले फारममा लेखिएको मोवाईल नम्बरमा म्यारेज पठाईदिन्छौ, सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले भने, दुःख नहोस भनेर सुविधाको लागि जिल्लाबाट यो प्रविधि अपनाएका हौ ।  यसले राहदानीवालालाई सुविधा पुगेका छ । प्रशासनका कर्मचारी पनि सजिलो भएको छ । 



यो प्रविधि टेलिकमबाट लिएका मोवाईल नम्बरमा मात्रै व्यवस्था गरिएको छ । त्यसमा पनि अर्घाखाँची टेलिकमबाट वितरण गरिएको सिममा मात्रै म्यासेज जाने खनालले बताए । यो प्रविधि ७५ जिल्ला मध्ये अर्घाखाँचीमा पहिलो भएको उनले दावी गरे । एसएमएसले दुर्गम वस्तीबाट सदरमुकाममा धाईरहनु पर्ने बाध्यता हटेको छ । मोवाईलमा आउने म्यासेजले आफनो राहदानी आयो कि आएन भन्ने अन्योलता हटाईदिएको पाण्डेको भनाई छ । म्यासेज पाएपछि उनी सहित सबैले आफनो राहदानीको परिचयपत्र बुझेका छन । अब फारम भर्नेलाई जिल्लाबाटै लिएको टेलिकमको मोवाईल नम्बर टिपाईदिन प्रशासनले अनुरोध गरेको छ । विदेश जाने धेरै जसो युवायुवती भएकाले म्यासेज हेर्न र पढन सक्छन, सप्रजिअ खनालले भने, टेलिफोन, यातायात खर्च र समयको बचत भएको छ । थाहा नपाएर दराजमा राहदानी थन्किने गरेपनि म्यासेजले दुई-तिन दिनमै सबैले बुझेर गए । देशभरबाट वैदेशिक रोजगारमा जाने लहर चलेपनि अर्घाखाँचीमा घरैपच्छिे विदेशिएका छन । 



जिल्लाबाट कति पुरुष महिला वैदेशिक रोजगारमा छन भन्ने ठयाक्कै तथ्यांक कसैसँगै छैन । द्धन्द्धको बेला दुई पटक सदरमुकाम आक्रमणमा परेर कागगपत्र जलेका थिए । जिल्लामा १ लाख ९७ हजार जनसंख्या मध्ये ४२ हजार जति वैदेशिक रोजगारमा रहेको खनालले दावी गरे । प्रशासनमा राहदानी बनाउन आउनेको संख्या १२ देखी १५ सयको छ  । दसै तिहार लगायतका चाडपर्वमा संख्या दुई हजार पुग्ने गर्छ । विदेश जाने यही लहर चलिरहे पाँच – सात वर्षमा १८ देखी ४५ वर्षसम्मका जिल्लामा भेटाउन गह्रो पर्ने उनले अनुमान गरे । 

अन्य समाचारहरु