भाद्र २ । बेलायतस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसिरहेका विकिलिक्सका संस्थापक जुलियन असान्जले दूतावास छोड्ने भएका छन् । लन्डनमा पत्रकार सम्मेलन गरी असाञ्जले चाँडै नै इक्वेडरको दूतावास छोड्न लागेको जानकारी दिएका हुन् ।
तर, उनले यसबारे थप जानकारी भने नदिएको बीबीसीले जनाएको छ । ४३ वर्षीय असान्जले आफ्नो स्वास्थ्य निकै बिग्रिएको पनि बताएका छन् । उनी विगत दुई वर्षदेखि इक्वेडरको दूतावासमा शरण लिएर बसिरहेका छन् ।
यौन दूराचारको आरोपबारे सोधपुछका लागि स्वेडेनले उनलाई खोजीरहेको छ । विकिलिक्सले अमेरिकी कुटनीतिका महत्वपूर्ण गोप्य दस्तावेज सार्वजनिक गरेपछि असान्ज चर्चामा आएका थिए ।
आफूलाई स्वेडेन सुपुदर्गी गरिएमा त्यसपछि अमेरिका सुपुर्दर्गी गरिने असान्जलाई डर रहेको बताइन्छ ।
विकिलिक्सलाई गोप्य दस्तावेज दिएको आरोपमा एक अमेरिकी सैनिकलाई ३५ वर्षको जेल सजाय सुनाइएको छ । AGENCIES