सरकारले बाढी पीडितहरुको राहत तथा पुनःस्थापनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्ने

काठमाडौं, भाद्र २ । सरकारले बाढी पीडितहरुको राहत तथा पुनःस्थापनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्ने भएको छ । एकीकृत माओवादी लगायतका विपक्षी दलहरुले बाढी पीडितको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी काम नभएको भन्दै आज संसद बैठक अवरुद्ध गरेपछि सरकार समिति गठन गर्न सहमत भएको हो ।
त्यसैगरी, बाढी पीडित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सभासदहरुलाई समेत परिचालन गर्न केही दिन संसदको कारबाही पनि स्थगित गरिने भएको छ ।
आज दोस्रो पटक बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सबै राजनीतिक दलहरु मिलेर राष्ट्रिय विपद् व्यवस्थापनका लागि काम गर्ने घोषणा गरे । उनले प्रमुख प्रतिक्षीसहित विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित उच्चस्तरीय समिति बनाएर राहत वितरणलाई प्रभाविकारी बनाइने पनि बताए ।
त्यसक्रममा मन्त्री गौतमले बाढी पहिरोबाट दुई दर्जन बढी जिल्ला प्रभावित भएको र अहिलेसम्म १ सय ४२ जनाको मत्यु भएको, २ सय ५३ जना हराएको र ८२ जना घाइते भएको जानकारी दिए ।
यस्तै, १२ हजार ७ सय ५० जना विस्थापित भएको पनि उनले जानकारी दिए ।
त्यसअघि संसद बैठकमा बोल्दै विपक्षी दलका नेता पुष्पकमल दाहालले सरकार सुस्त मनस्थितिको जस्तो बनेको भन्दै बाढी पहिरोमा परेकाहरुको प्रभावकारी उद्धार नभएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरे ।
अस्वभाविक ढंगबाट बाढी