इबोला भाइरसको संक्रमणसँग जुधिरहेको लाइबेरियाको राजधानी मोनरोवियामा रातको समयमा कफ्र्यू लगाइएको छ ।
लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन सिर्लिफले सरकारले गरेको अथक प्रयासका बाबजुत इबोला नियन्त्रण गर्न नसकिएको भन्दै घना बस्ती भएका क्षेत्रहरुमा कफ्र्यूको आदेश जारी गरेका हुन् ।
सहरका झुपड बस्तीहरुमा क्वारेन्टाइनको व्यवस्था गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ती क्षेत्रहरुबाट इबोला फैलन सक्ने आशंकामा सरकारले यस्तो प्रयास गरेको बताइएको छ ।
पश्चिम अफ्रिकामा इबोलाको संक्रमणका कारण १२ सय २९ जनाको मृत्यु भैसकेको छ । गिनीबाट सुरु भएको संक्रमण लाइबेरिया, सियरालियोन र नाइजेरियासम्म फैलिएको छ ।
पछिल्लो तथ्यांकअनुसार लाइबेरियामा इबोलका कारण ४ सय ६६ जनाको मृत्यु भएको छ भने ८ सय ३४ संक्रमित छन् । (एजेन्सी)