काठमाडौं, भाद्र १३ । सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले संविधान लेखनमा दलहरुबीच देखिएको विवाद केही दिनमै सहमतिमा टुंगिने दाबी गरेका छन् ।
आज राजधानीमा भएको संविधान निमार्णमा सञ्चारकर्मीको भूमिका विषयक अन्र्तक्रियामा उनले विवादित विषयमा एक साताभित्रै सहमति हुने दाबी गरे ।
दलहरुबीच भइरहेको छलफल सकारात्मक रहेको उनको भनाइ थियो । मन्त्री रिजालले संविधान निर्माणमा सहयोग पुग्ने गरी समाचार संकलन गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले तोकिएकै समयमा संविधान जारी हुनुपर्ने बताए । – IMAGEKHABAR