विश्वमा महिलामाथि हुने बलात्कारको भयावह तस्वीर सार्वजनिक भएको छ । विश्वभरमा करिब १२ करोड युवती २० वर्ष पुग्दा-नपुग्दै बलात्कार या कुनै न कुनै यौन दुव्र्यवहारको शिकार हुने गरेको संयुक्तराष्ट्र संघले जनाएको छ ।
सन् २०१२ मा मात्र करिब ९५ हजार किशोरीको हत्या गरिएको बालबालिकाका लागि कार्यरत राष्ट्रसंघीय संस्था युनिसेफले जनाएको हो । यसरी मारिनेमा दक्षिण अमेरिका र क्यारेबियन मुलुकका बढी रहेको जनाइएको छ ।
एक सय ९० देशको तथ्यांक सामेल उक्त प्रतिवेदनले पूरै विश्वभर बालबालिकामाथि हिंसा भइरहेको जनाएको छ । दुईदेखि १४ वर्ष उमेर समूहका दशमा ६ बालबालिकाले दैनिक रुपमा रेखदेख गर्नेबाटै पिटाइ खाने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
हिंसा हुने स्थान भने उनीहरु सुरक्षित रहुनुपर्ने घर, विद्यालय र समुदाय नै हरने गरेको जनाइएको छ । (एजेन्सी)