काठमाडौं, भाद्र २२ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनको प्रक्रियामा अवरोध पुर्याउने शक्तिहरु अन्ततः पतन हुने दाबी गरेका छन् ।प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनको प्रक्रियामा अवरोध पुर्याउने शक्तिहरु अन्ततः पतन हुने दाबी गरेका छन् । उनले संविधान बन्दैन भनेर भ्रम फैलाउन र नेपाललाई असफल बनाउन विभिन्न समूह सक्रिय रहेको भन्दै अन्ततः उनीहरुको पतन हुने दाबी गरे ।
संविधान विरोधी शक्तिहरुको हालत राणा, पञ्च र पूर्वराजाको जस्तै हुने उनको भनाइ थियो ।
राजधानीमा आइतबार वीपी कोइराला ट्रस्टले गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले निर्धारित मितिमै संविधान जारी हुनेमा सबैलाई ढुक्क हुन पनि आग्रह गरे । प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको मूल्य मान्यता र आदर्श विपरित कसैसँग सम्झौता गर्न नसकिने समेत स्पष्ट पारे ।
मोहन वैद्य नेतृत्वको माओवादीले पनि संविधान लेखनको प्रक्रियामा सहयोग गर्ने विश्वास लिएको पनि प्रधानमन्त्री कोइरालाले बताए । कार्यक्रममा वीपी कोइरालाका विभिन्न आयममाथि विद्यावारिधि गर्ने १२ जनालाई सम्मान गरिएको थियो । IMAGEKHABAR