काठमाडौं, भाद्र २१ । संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने दलहरुको प्रयास निष्कर्षमा पुग्न नसकेपछि संविधान लेखनको कार्यतालिका संशोधन हुने सम्भावना बढेको छ । सिंहदरबारमा बसेको मुख्य तीन दलको बैठकमा सहमति जुट्न नसकेपछि कार्यतालिका संशोधन हुने भएको हो ।
यद्यपि, दलहरुले राति अबेरसम्म पनि सहमतिको प्रयास जारी राख्ने जनाएका छन् । दलहरुबीच सहमति र असहमति भएका विषयलाई समेटेर प्रतिवेदन तयार पारेर आजै संविधानसभामा पठाउने विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।
संविधान लेखनको कार्यतालिका अनुसार आज राति १२ बजेसम्म दलहरुले विवादित विषयमा सहमति गरिसक्नुपर्ने छ । तर, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता विषयमा दलहरु आ