शोभाखर पन्थी
भाद्र २२, अर्घाखाँची । नयाँ नेतृत्वको चयन गर्दै सामुदायिक रेडियो अर्घाखाँचीको साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले नेपाली कांग्रेसका युवा नेता बिष्णु प्रसाद खनाल मुस्कान को अध्यक्षतामा सात सदस्सीय संचालक समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा एमाले नेता जर्नादन खनाल, सचिवमा एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बि.क. किशोर, सह-सचिवमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी. र कोषाध्यक्षमा एनेकपा माओवादीका पुर्व केन्द्रीय सदस्य यमुना भुसाल रहनु भएको छ । त्यस्तै सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी चयन हुनु भएको छ ।
साधारण सभामा मन्तव्य राख्ने वत्ताहरुले संविधान निर्माण , गणतन्त्रको संस्थागत विकास र सामाजिक रुपान्तरणमा सञ्चारको ठूलो महत्व रहेको बताउँदै ,लोकतान्त्रिक गणतन्त्रमा मात्रै सञ्चार माध्यम फस्टाउने बताए ।
सञ्चारको विकास विना मुलुकको विकास संभव नभएको भन्दै वत्ताहरुले सञ्चारको विकासको निम्ति विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको निम्ति महत्वपुर्ण भुमिका खेल्ने सञ्चारकर्मीहरु लाई राज्यले वेवास्ता गरेको भन्दै वत्ताहरुले सामुदायिक रेडियो दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाको निम्ति सुचना प्रवाह गर्ने सशक्त माध्यम भएको बताए ।
यसरी मन्तव्य राख्नेहरुमा निमित्त स्थानीय विकास अधिकारी धु्रव गिरी, नेकपा एमालेका उप सचिव प्रेम नारायण गैरे, एमाओवादी नेता राजु नेपाली, राष्ट्रिय जनमोर्चाका सचिव गोपाल पौडेल, नेकपा माओवादीका सह-सेक्रेटरी पिताम्बर पोख्रेल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, रेडियो अर्घाखाँचीका उपाध्यक्ष जनार्दन खनाल, सह-सचिव सागर के.सी., रेडियो देउरालीका स्टेशन म्यानेजर कृष्णप्रसाद खनाल, नयाँ एफ.एम का स्टेशन म्यानेजर हरिप्रसाद भुसाल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रम रेडियो अर्घाखाँचीका अध्यक्ष विष्णु प्रसाद खनाल मुस्कान को अध्यक्षता र सचिव ठाकुर कुमार वि.क किशोर को सञ्चालनमा सम्पन्न भएको थियो । साधारण सभाले रेडियोको क्षमता विस्तार, शेयर सदस्य थप तथा शेयर फिर्ता लगायतका रेडियो सम्बन्धि सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिएको जनाइएको छ । सामुदायिक रेडियो अर्घाखाँची, अर्घाखाँची जिल्लाको पहिलो रेडियो हो । हाल जिल्लामा ४ वटा रेडियो सञ्चालनमा छन् ।