दसैंका लागि अग्रिम टिकट बुकिङ गर्ने समय नै नआउँदै उपत्यकाबाहिर जाने अधिकांश सार्वजनिक बसका टिकट सकिएका छन्।
व्यवसायीले अग्रिम बुकिङको समयअगावै बिक्री गरेका कारण बुकिङ मितिभन्दा अगावै बिक्री गरेका कारण बुकिङ मितिभन्दा अगाडि नै टिकट सकिएको आजको अन्ननपूर्ण, राजधानी लगायतका दैनिक पत्रिकामा खबर छापिएको छ ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवालाको गत ६ भदौको बैठकले आगामी २५ भदौदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । तर, पूर्वी नेपाल जाने अधिकांश बस व्यवसायीले निर्धारित समयअगावै टिकट बिक्री गरिसकेको पाइएको हो।
पूर्वी नेपालमा चल्ने प्राइम, सीता, यती, मितेरी, कोसी, सत्यसाइजस्ता धेरै बसमा भएका कम्पनीले अग्रिम बुकिङ खुल्नुअघि नै टिकट बिक्री गरिसकेका छन् । उनीहरुले आफ्ना विभिन्न टिकट काउन्टरमार्फत टिकट बिक्री गरेका हुन् । मकालु, सुपर, अग्निजस्ता केही कम्पनीले भने आगामी भदौ २५ देखिमात्रै अग्रिम टिकट बिक्री गर्ने जानकारी दिएका छन्।
सरकारले आधिकारिक रुपमा अगि्रम टिकट बिक्री गर्ने भनेर सार्वजनिक गरेको मिति अगाडिनै टिकट बिक्री हुदाँ सर्वसाधारण अन्योलसँगै तनावमा समेत परेका छन्। यसमा पनि केही कम्पनीले टिकट बिक्री गर्ने र कहिले समय आएको छैन भन्दै टिकट बिक्री नगर्ने गरेपछि थप अन्योल बढेको यात्रुहरूको भनाइ छ। SETOPATI