बिदेशबाट अर्घाखाँचीका गाउंमा आधुनिक शिक्षा अभियान

उमाकान्त पाण्डे । दुबइ, – अर्घाखाँचीबाट बैदेशिक रोजगारीका लागि बिदेश आएका आएका नेपालीले मिलेर ‘गाउँमा आधुनिक शिक्षा अभियान’ चलाएका छन् । सामाजिक सन्जाल तथा बिदेशमा स्थापित अर्घाखाँची संपर्क समिति र त्यहा कार्यरत अर्घाखाँचीबासी मार्फत जिल्लाको शैक्षिक क्षेत्रमा सहयोग गर्न यो अभियान चलाइएको छ । 
Displaying logo arghakhanchi.jpg
जिल्लाको कुनै बिधालय बाट पढेर हाल अन्य मुलुकमा रहेका भुपु बिद्यार्थीहरु यस् अभियानका अभियान्ता बनिरहेका छन । यस् कार्यको नेत्रित्व अन्तरास्ट्रिय अर्घाखाँची मन्चले गरिरहेको मन्चका सम्योजक यूएईमा कार्यरत राजु खड्काले बताउनु भयो । 
अभियानले अहिले सम्म जिल्लाका ५ वटा विद्यालयका लागि बिभिन्न सहयोग जुटाइसकेको छ । अभियानलाई बिदेशमा रहेका अर्घाखाँचीबासी बाहेक अन्य जिल्लाका ब्यत्तीहरु मार्फत समेत सहयोग प्राप्त भईरहेको छ । 
यस् अभियान सन्चालन गर्ने योजना २ महिना पहिलेबाट बनाइए पनि १० दिन बितिसक्दा नगद ३ लाख ३ सय नौ रुपैया र ५ वटा कम्प्युटर सहयोग जम्मा भई सकेको छ । यस् अभियानलाई यूएइबाहेक अरु देशमा रहेका अर्घाखाँचीका बाहेक अरु जिल्लाका नागरिकले पनि सहयोग गरेका छन् । अभियानमा अहिले सम्म अहिले सम्म १६ वटा फरक-फरक जिल्ला घर भई १४ वटा राष्ट्रमा कार्यरत ९२ जना बाट उक्त रकम जम्मा गरिएको अभियान शुरुवातकर्ता राजु खड्काले जानकारी दिनुभयो । सहयोग गरेका सामाग्रीहरु सम्बन्धित बिधालयमा हस्तान्तरण गर्ने योजना रहेको खड्काले बताउनु भयो । 
अभियानले जिल्लामा रहेका प्रत्येक निमावीलाई ७ र मावीलाई १० वटा कम्युटर तथा ई पुस्तकालयको स्थापना गरिदिने छ । ई पुस्तकालयमा देश परदेशमा रहेका अर्घाखाँची बासीले भोगेका बिषय लाई पुस्तक बनाइ बितरण गर्ने छ ।  अहिलेको पुस्ताले बिदेशमा पाएको दु:ख ब्यथा समेटीएको पुस्तकहरु तयार गरेर अबको पुस्तामा नदोहोरियोस भन्नका लागि सचेतना जगाउन लागि परेको बहराइनमा कार्यरत अर्घाखाँचीका युबराज केसीले बताउनु भयो । 
आधुनिक शिक्षाका लागि आबश्यक शैक्षिक सामाग्रीको  अभावमा सामान्य कम्प्युटरको ज्ञान नहुँदा देश बिदेशमा धेरै राम्रा अवसर गुमाउनुपरेपछि गाउँका बालबालिकालार्इ आधुनिक शिक्षाको अभियान शुरु गरिएको हो । 
खाडी क्षेत्रमा पनि कम्प्युटर शिक्षा नभएकोले अधिकांश नेपालीहरूले निम्न आम्दानीमा श्रमिक भएर काम गरेको देखेर आफुले ‘गाउँमा आधुनिक शिक्षा अभियान’ सञ्चालन गर्न थप प्रेरणा मिलेको उहाँ बताउनु हुन्छ । अभियानलाई यूएईमा रहेको अर्घाखाँची संपर्क समितिका अन्य सदस्यहरुले आफ्नै अभियानको रुपमा लिएर सहयोग गरिरहेको समितिका अध्यक्ष समेत रहेका खड्काले बताउनुभयो । उहा आँफै पनि यस अभियानमा सक्रिय हुनुहुन्छ ।

अन्य समाचारहरु