थाइल्याण्डमा सैन्य सरकारले व्यापक मानव अधिकार उल्लंघन गरेको एम्नेष्टी इन्टरनेशनलले दाबी गरेको छ । एम्नेष्टीले सार्वजनिक गरेको रिपोर्टमा थाइल्याण्डमा वाक स्वतन्त्रतामाथि नियन्त्रण, मानव अधिकारकर्मीलाई जथाभावी पक्राउ गर्ने, झुठो मुद्धा लगाउने जस्ता कार्य गरिएको उल्लेख छ ।
यस्तो स्थितिको सामना गर्नेहरुमा राजनीतिज्ञ, वौद्धिक जमात, अधिकारकर्मी, पत्रकार लगायत रहेको जनाइएको छ । तत्काल दमन अन्त्य गर्न समेत एम्नेष्टीले थाई सरकारसमक्ष माग गरेको छ ।
तर जुन्ता सरकारले भने आफ्ना क्रियाकलापहरु मुलुक र जनताको सुरक्षाका लागि आवश्यक र सन्तुलित भएको जिकीर गरेको छ । थाइल्याण्डमा यिङलक शिनावत्राको सरकार विरुद्धको आन्दोलन चर्किएपछि गत मे मा थाई सेनाले सत्ता हातमा लिएको थियो ।
छ महिना लामो सरकार विरोधी प्रदर्शनका क्रममा २७ जनाको मृत्यु भएको थियो । गत महिना मात्र त्यहांको राष्ट्रिय परिषद्ले सेना प्रमुख जनरल प्रायुथ चान