नेपालले गरिबी निवारणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । एसियाली विकास बैंक (एडीबी) ले विहीबार काठमाडौंमा एक कार्यक्रम गरी एसिया क्षेत्रमा गरिबीको अवस्था सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेपालले यस क्षेत्रमा उच्च प्रगति गरिरहेको जनाइएको हो ।
कार्यक्रममा एडीबीका देशिय निर्देशक किनिचि योकोयामाले गएको दुई दशकमा नेपालले गरिबी निवारणमा उल्लेखनीय प्रगति गरेको बताए । उनले विश्व सहश्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपाल अघि बढिरहेको पनि बताए । यद्यपि, नेपालले गरिरहेको प्रगतिलाई दीगो बनाउनु भने चुनौती रहेको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले गरिबी निवारणका लागि समावेशी र दीगो आर्थिक विकास आवश्यक रहेको बताए । विगत दुई दशकमा नेपालले गरिबी निवारणमा प्रगति गरेपनि समावेशी आर्थिक विकासमा अझै धेरै गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा अन्य दातृ निकायका प्रतिनिधिहरुले नेपालले जतिसक्दो चाँडो लगानी आकर्षित गर्ने खालको नीति बनाउनुपर्नेमा जोड दिएका थिए । IMAGEKHABAR