दसैं, तिहार र छठ पर्वको समयमा आपराधिक गतिविधि नियन्त्रण गर्न मोरङमा विशेष सुरक्षा योजना

दसैं-तिहारलक्षित विशेष सुरक्षा योजनाबारे जानकारी दिँदै एसपी राई। तस्बिर :  खिलानाथ ढकाल/सेतोपाटी
 दसैं, तिहार र छठ पर्वको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुरक्षा योजना ल्याएको छ। नयाँ प्रहरी प्रमुख भएर भर्खरै जिल्ला आएका प्रहरी उपरीक्षक ठूले राईले नयाँ सुरक्षा योजना ल्याएका हुन्। 
 
असोज १ गतेबाट लागू हुने १८ बुँदे सुरक्षा रणनीति सार्वजनिक गर्दै एसपी राईले भने,