देउराली यातायात ब्यबसायी समितिको अबिधेसन सन्धिखर्कमा सुरु

प्रेमनाारयण आचार्य
सन्धिखर्क, अर्घाखाँची । देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीको बार्षिक साधारण सभा तथा सातौ जिल्ला अबिधेसन सन्धिखर्कमा सुरु भएको छ । 
अबिधेसनको उद्घाटन सत्रमा मन्तब्य राख्दै नेपाल यातायात महासंघका लुम्बिनी अञ्चल संयोजक डिलप्रसाद ढुंगानाले यातायातको क्षेत्रमा समितले पुराएको योगदान र सेबाको चर्चा गर्दै यातायात ब्यबसायीहरुका मग प्रति सरकार गम्भीर हुनु पर्ने बताउनु भयो । 
कार्यक्रममा नेपाल यातायात महासंघका केन्द्रिय सदस्य बिष्णु काफ्ले, गुल्मी यातायात ब्यबसायी समितिका गुणदेब कुवर , नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक,एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी,राप्रपाका सम्सोदीन मिया, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, यातायात ब्यबसायी समितिका बरिष्ठ सल्लाहाकार गोबिन्द बिसी, निबर्तमान अध्यक्ष देबराज श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । 
उद्घाटन कार्यक्रम समितका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता, महासचिब प्रेमप्रकास पाण्डेको सञ्चालन र बरिष्ट उपाध्यक्ष अशोक श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको छ । 

अन्य समाचारहरु