काठमाडौं, भाद्र २८ । प्रधानमन्त्री सुशील कोइरालाले गुटबन्दीमा नफस्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा शनिबार कांग्रेस सभापतिसमेत रहेका कोइरालाले कांग्रेसलाई जनताको ठूलो सद्भाव भए पनि गुटबन्दीले नराम्रो असर परेको बताए ।
नेताहरुको महत्वकांक्षाले एउटै झन्डाभित्रको दुईओटा पार्टीको जस्तो अवस्था कांग्रेसले ब्यहोरिरहेको उनको भनाइ थियो । माघ ८ भित्र संिवधान जारी गर्न आफू जस्तोसुकै लचक बन्न तयार रहेको भन्दै उनले संविधानका विषयमा दलहरुबीच अब केही दिनमै सहमति हुने विश्वास व्यक्त गरे ।
आफूले