काठमाडौं । आगामी मंगलबार गरिने बहुप्रतिक्षित सर्वपक्षीय राजनीतिक सभा एकै दिनमा सकिने भएको छ । सभाका आइतबार ६४ दललाई पत्राचार गर्ने चार दलीय कार्यदलको बैठकले निर्णय गरेको छ ।
कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीका २/२ जना नेता सम्मिलित कार्यदलको शनिबार बसेको बैठकले राजनीतिक सभामा सहभागी दलहरुलाई सभासमा बोल्न दिने दिइने समय समेत तोकेको छ ।
ल्होत्से हलमा ३१ गते विहान साढे ८ बजे सुरु हुने चार दलबाट पाँच-पाँच तथा अन्य दलबाट एक-एक नेता सहभागी हुनेछन् ।